वैसाख ४, नेपालगन्ज –नेपालगन्जमा मध्यपश्चिमाञ्चल दोश्रो खेलकुद महोत्सव सुरु हुादैछ । महोत्सवको उद्घाटन एक कार्यक्रमकाबीच खेलकुद मन्त्री पुरुषोतम पौडेल गर्नुहुने भएको छ । महोत्सवका सम्पुर्ण खेलहरु नेपालगन्जमै संचालन गर्ने आयोजकले जनाएको छ । महोत्सवमा फुटबल, भलिबल, सुटिङग, भारत्तोलन, कपर्दी, क्रिकेट, हकी, शारिरीक सुगठन, एथलेटिक्स, कुस्ती र जिम्नास्टीक गरि कुल ११ वटा खेल समाबेश छन् । महोत्सवमा खेलाडी, प्राविधिक तथा पदाधिकारीहरु गरि करिव १ हजार १५जनाको सहभागिता रहने आयोजकले जनाएको छ । महोत्सवमा त्यस क्षेत्रका १५ जिल्ला तथा तीन बिभागिय टिम नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी सहित १८ वटा टिमको सहभागिता रहने छ ।