वैसाख ४, एजेन्सी–अफगानिस्तानको राजधानी काबुलमा एक महिला सांसदमाथि सुरक्षाकर्मीले नै गोली प्रहार गरेका छन् । गोली लागी गम्भीर घाईते भएकी सांसद मरियम कुफीको एक अस्पतालमा उपचार भैरहेको छ । एक सुरक्षाकर्मीसंग भएको सामान्य भनाभनमा महिला सांसदमाथि गोली चलेको अधिकारीहरुले जनाएका छन् । मरियम कुफी ताकड प्रान्तबाट सांसद बनेकी थिईन । गोली प्रहार गर्ने सुरक्षाकर्मी पक्राउ परेका छन् । महिला सांसद माथि भएको हमला बारे छानबिन भैरहेको प्रहरीले जनाएको छ ।