बैशाख ३, काठमाण्डौ– घरेलु तथा साना उद्योग विकास समितिले भोलीदेखि राष्ट्रिय औद्योगीक बस्तु तथा प्रबिधि प्रदर्शनीको तयारी गरेको छ । हरेक बर्ष गर्दै आएको महोत्यस यस बर्षभने रजत महोत्सवका रुपमा मनाईने समितिले जनाएको छ । यहि बैशाख ८ गते सम्म राजधानिको भृकुटीमण्डपमा चल्ने महोत्सवमा ढाका कपडा , बाासजन्य उत्पादन , अल्लो जस्ता प्राकृतिक रेसाहरुवाट उत्पादित बस्तुहर , छाला एवम खाद्य बस्तु , अर्गानीक चिया र कफी , हाते कागत तथा उनबाट उत्पादित बस्तुहरु लगायत सामग्रीको प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।