बैशाख ३, काठमाण्डौ– गोर्खा फुजेल प्रकरणमा गम्भीर असहमति व्यक्त गदै प्रमुख प्रतिपक्षी एकीकृत माओवादी आन्दोलनमा उत्रे पछिको परिस्थितिको बारेमा छलफल गर्न प्रमुख सत्तारुढ दलहरु नेपाली कााग्रेस र एमालेको बैठक आज बस्दैछ । बैठकको समय तय नभए पनि अपरान्ह पछि बस्ने सक्ने बालुवाटार श्रोतले जनाएको छ । आजै एमाले संसदीय दलका नेता केपी ओली समेत दिउसो स्वदेश फर्किनु हुने भएकोले एमाओवादीको निर्णयको बारेमा दुई दलवीच छफलफ हुने भएको हो । यसअघि हिजोको सर्बदलीय बैठकमा अधिकााश साना दलहरुले प्रमुख प्रतिपक्षदललाई सहमतिमा लिएर अघि बढ्न कााग्रेुृस र एमालेलाई आग्रह गरेका थिए ।