बैशाख ३, काठमाण्डौ– भारतमा झण्डै ढेड महिना लामो उपचारपछि एमाले संसदिय दलका नेता केपी शर्मा ओली आज स्वदेश फर्किदै हुनुहुन्छ । ओली अपराहन्न तीन बजे ईनिडयन एयरलायन्सको विमानबाट काठमाण्डौ आईपुग्नुहुने उहााका स्वकीय सचिव ईन्द्र भण्डारीले जानकारी दिनुभयो । काठमाण्डौ आइपुगे लगत्तै ओलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरि मुलुकको विद्यामान राजनीति र पार्टी महाधिवेशनको बारेमा धारणा राख्नुहुने कार्यक्रम रहेको छ । नेता ओली गत फागुन १८ गते देखि भारतको नयाादिल्लीमा स्वास्थ्य उपचार गराइरहनुभएको थियो ।