वैसाख १, बागलुङ– बागलुङको पर्यटकीय सम्भावनाको क्षेत्र घुम्टेको लेकमा हिजो देखि प्रथम घुम्टे लालीगुराास महोत्सव सुरु भएको छ । पर्यटन प्रवद्र्धनसागै राष्ट्रिय फूल लालीगुराासको संरक्षण गर्ने उद्देश्यले महोत्सव गरिएको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा भएको महोत्सव आजसम्म चल्नेछ । गुराास फुल्ने याममा महोत्सव गर्न लागिएकाले पर्यटक आगमनमा पनि वृद्धि हुने विश्वास लिइएको केन्द्रका अध्यक्ष झम्कबहादुर बस्नेतले जानकारी दिनुभयो । केन्द्रले यो वर्षलाई घुम्टे अध्ययन भ्रमण वर्षका रुपमा मनाइरहेको जनाएको छ ।