चैत्र २८, नवलपरासी–पुर्वप्रधानमन्त्री तथा एमाओवादीका नेता डा. वावुराम भट्टराइले मुलुकको आर्थिक समृद्धि र विकासका लागि नया राजनैतिक शक्ति आवश्यक परेको वताउनु भएको छ । नवलपरासीमा रहेको चौधरी उद्योग ग्रामको अवलोकन पछि आयोजीत पत्रकार भेटघाटका क्रममा डा .भट्टराईले नयाा शक्ति आवश्यक रहको औंल्याउनुभएको हो । देशमा आर्थिक क्रान्तिका लागि नै नयाा शक्ति आवश्यक परेको उहााले वताउनु भयो । नयाा वन्ने शक्तिमा आम उद्योगी व्यवसायीहरुले समेत साझा रुपमा आर्थिक क्रान्तिका लागि प्रत्यक्ष भुमिका निर्वाह गर्न सक्ने भएकाले साझा शक्तिको खााचो परेको उहाले बताउनुभयो । राजनैतिक दल, निजी क्षेत्र ,सरकार र आम नागरीक विकास र आर्थिक क्रान्तिकालागि एक जुट नहुादा सम्म देशको मुहार नफेरीने उहााको तर्क थियो ।