चैत्र २८, काठमाडौ–नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी माघ ८ गते भित्रमा नयाा संविधान जारी भइसक्ने दाबी गर्नुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले ३५औा शिक्षक दिवसका अवसरमा भक्तपुरमा आयोििजत कार्यक्रममा नेता नेपालले अघिल्लो संविधानसभाको सबै स्वामित्व राजनीतिक दल र बर्तमान संविधानसभाले ग्रहण गरिसकेकाले आगामी माघ ८ गतेभित्रमा संविधान जारी हुने दाबी गर्नुभएको हो । उहााले संविधान नबन्ने अवस्था आए विवादित विषयलाई प्रक्रियामा गएर भए पनि समय मै टुङ्ग्याइने भएकाले संविधान निर्माण अब नरोकिने बताउनुभयो । संविधान जारी गर्न सहमतिको अधिकतम प्रयास गरिने उल्लेख गर्दै उहााले दलहरूकोबीचमा सहमति कायम हुन नसके संविधानसभाको दुई तिहाइको प्रक्रियामा जाने बताउनुभयो । नेता नेपालले राजनीतिक दल र नेताले जनताको विश्वास जित्ने कार्य गर्न नसकेको उल्लेख गर्दै सरकार र दल जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।