चैत २८, काठमाण्डौ–सर्वाेच्व अदालतको प्रधानन्यायाधीस नियुक्तिको विषयमा संवैधानिक परिषदले गरेको सिफारिशको अन्तिम निर्णय गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले समितिको बैठक नसकिएकाले आज पुन: छलफल गर्ने गरी हिजो बैठक स्थगित भएको जानकारी दिनुभएको छ । कायममुकायम शर्माको जवाफ दिने काम सकिए पनि समितिले आज उहााको सम्बन्धमा परेको उजुरीको सम्बन्धमा निर्णय गर्ने गुरुङले बताउनुभयो । हिजो भएको छलफलका क्रममा सांसदहरुले राखेका जिज्ञासाको शर्माले जवाफ दिनुभएको थियो । यसैविच प्रधानन्यायाधिशमा सिफारिस दामोदर प्रसाद शर्माको संसदिय सुनुवाईमा ढिलाई भएका कारण सर्वाेच्वमा बहाल रहेका ५ अस्थायी न्यायाधिश घर फर्किने अवस्था देखिएको छ । पााच अस्थायी न्यायाधिशको थपिएको कार्यकाल आज सकिदैछ । शर्मा आज संसदिय सुनुवाईवाट प्रधानन्यायधिशमा सिफारिस भईहाले पनि एकै दिन राष्ट्रपतिबाट नियुक्ति र सपथ भएर पदवहाली गर्न कठिन छ । अस्थायी न्यायाधिश प्रकाश वस्ती , बैद्यनाथ उपाध्याय , तर्कराज भट्ट , ज्ञानेन्द्र कार्की र भरत बहादुर कार्कीको थिपीएको एक बर्षे अवधि आज एकै दिन सकिन लागेको हो । अर्वाेच्वमा अव ५ जना मात्र न्यायाधिश बााकी रहेनेछन् ।