चैत २८, काठमाण्डौ–स्वास्थ्य सेवा बिभागका पूर्वमहानिर्देशक डा. गोबिन्दराज ओझाले खोटाङको एक स्वास्थ्यचौकीलाई जग्गा दान गर्नुभएको छ । ओझाले बथिर्ङसेन्टर सञ्चालन गर्न बड्कादियाले स्वास्थ्यचौकीलाई ३ रोपनी १२ आना जग्गा दान गर्नुभएको हो । करिब ५ लाख रुपैया पर्ने जग्गा उहाले जिल्ला मालपोत कार्यालयबाट स्वास्थ्यचौकीको नाममा पास गरिदिनुभएको हो । यसअघि आफनो जग्गामा स्वास्थ्यचौकीको भवन बनाउन अनुमति दिएका ओझाले जग्गा स्वास्थ्यचौकीकै नाममा पास गरिदिनुभएको स्वास्थ्य कार्यालयका नायबसुब्बा मनिराम ढकालले बताउनुभयो । स्वास्थ्यचौकीले २४ घण्टे प्रसुती सेवा सञ्चालनको तयारी गरेको छ ।