चैत्र १२, नवलपरासी– जिल्ला प्रसासन कार्यालय नवलपरासीले गर्मी तथा सुख्खा मौसम सुरु भएकोले हुरी बतास चल्दा आगलागीका घटना हुने भन्दै सबैलाई सचेत हुन अनुरोध गरेको छ । गर्मी याममा हुरी बतास लाग्दा सानो आगोको झिल्कोले पनि ठूलो जनधनको क्षति पुर्याउने भएका कारण आगोजन्य पदार्थलाई बालबालिकाले प्रयोग गर्नसक्ने स्थानमा नराख्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी बेदप्रकास लेखकले आगोजन्य वस्तुलाई व्यवस्थित रुपमा प्रयोग गर्न सबैलाई आग्रह गर्नुभएको हो ।
आगलागीबाट जोगिन सचेत हुनुपर्ने
