चैत्र ११, नवलपरासी–नवलपरासीको पहाडी राजमार्गअन्तर्गत पर्ने बुलिङटार–दलदले सडक खण्डको अर्खलामा आज बिहान भएको जीप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । बुलिङटारबाट दलदलेका लागि आउादै गरेको ना १ ज २० ७७ नम्बरको जीप अर्खला भीरबाट दुई सय मिटर तलखस्दा बुलिङटार बस्ने ३६ वर्षीया नीमकुमारी सूर्यवंशी र डााडाझेरी ९ बस्ने ३७ वर्षीय जीप चालक दिपेन्द्र फालको मृत्यु इलाका प्रहरी कार्यालय कावसोतीका प्रहरी निरीक्षक मोहन अधिकारीले जानकारी दिनु भयो । दुर्घटनामा ८ जना घाइते भएका छन्।