स्पेनमा मितवेइता सम्वन्धी सरकारी कदमको विरोधमा मड्रिड शहरमा भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । देशभरिबाट मड्रिड शहरमा पुगेका १० औ हजार मानिसले सरकारको सो कदमको विरोध गर्दै प्रदर्शन गरेका छन् । प्रहरिले प्रदर्शन रोक्न खोज्दा प्रदर्शनकारीहरुले खाली सिसा फ्याकेका थिए भने जवाफमा प्रहरिले लाठि चार्ज गरेको थियो । हाम्रो स्वाभिमानको यात्रा जारि छ भन्दै प्रदर्शनकारीहरुले नारा लगाएका थिए । प्रदर्शनमा मजदुर, सरकारी कर्मचारी, युनियनका सदस्यहरु रहेका छन् । प्रदर्शनकारिहरुले सरकारको मितवेइन सम्वन्धी कदम तत्काल फिर्ता लिन माग गरेका छन् ।