९ चैत्र, खोटाङ–चटयाङ लागेर खोटाङको खिदिमा–९ की २२ वर्षीया मीना खत्रीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । हिजो सााझ परेको चटयाङ लागेर सोही वडाका टङ्कबहादुर खत्री, कृष्ण खत्री, गौरीमायाा खत्री र सीता खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार साहले बताउनुभयो । त्यसैगरि चटयाङका कारण खिदिमा–६ र ७ मा विद्युत् सेवा समेत अवरुद्ध भएको छ ।