चैत्र ९, विराटनगर –नेपाली कााग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले दलबीच सहमति कायम गरी अव छिट्टै स्थानीय निकायको निर्वाचन मिति घोषणा गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसाग कुरा गर्दै उहााले स्थानीय निर्वाचन नहुनाले विकास निर्माणमा छुटयाइएको रकम अनियमितता भई ग्रामीण क्षेत्रको विकास निर्माण अवरुद्ध भएको बताउनुभयो । आगामी एक वर्षभित्र लोकतान्त्रिक संविधान जारी हुने सम्भावना छ भन्दै उहााले दलबीच सङ्घीयता र शासकीय स्वरुपमा केही विवाद भए पनि सहमतिमा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो । उहााले ढिलै भए पनि संविधानसभा नियमावली निर्माण भएकाले संविधान जारी हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । वरिष्ठ नेता देउवाले संविधान जारी गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलबीच सहमति गरी विवादित विषयमा सहमति कायम गरिने बताउनुभयो । मनोनीत २६ सभासद्मा नेकपा–माओवादीलाइ