चैत ६, काठमाडौं– फलामे ढोकाका रुपमा मानिने प्रवेशिका (एसएलसी) परीक्षा यस वर्ष आजदेखि देशैभर एकैसाथ सुरु भएको छ । परीक्षामा देशभरबाट नियमित र एक्जाम्टेड गरी ५ लाख ६६ हजार ८५ विधार्थीहरु सहभागी हुदैछन् । नियमित तर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेड तर्फ १ लाख ४६ हजार ७ सय ३३ विद्यार्थी सहभागी रहेको परीक्षा नियन्त्रण कार्यालय भतmपुरले जनाएको छ । आज बिहान ८ बजेबाट सुरु परिक्षामा अनिवार्य अगेंजी बिषयको परिक्षा भैरहेको छ । परीक्षाका लागि देशभर १ हजार ८ सय ३६ परीक्षा केन्द्र तय गरिएको छ । यसैगरी परीक्षा सञ्चालन गर्न देशभरमा ५३ हजार ७६ जनशतmी खटिएका छन् । यसबर्र्षको परीक्षामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम मनाङका परीक्षार्थी रहेका छन् । परीक्षालाई व्यवस्थित बनाउन परिक्षा नियन्त्रण कार्यालयले ३५ बुँदे आचारसंहिता पनि ब नाएको जनाएको छ । यसबर्षको एसएलसी परिक्षामा परिक्षर्थीलाई विधालय पोशाकलाई अनिवार्य गरिएको छ ।