चैत्र ३, काठमार्डौ– पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्धको आन्दोलन अझै सशक्त पार्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । १७ विद्यार्थी संगठनको संयुक्त आन्दोलन समितिले आज काठमाण्डौमा गरेको अन्तक्र्रियामा उनिहरुले जनताको ढाड सेक्ने गरी गरीएको मुल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसाग माग गरेका छन । नेकपा– माओवादीका पोलिट्ब्युरो सदस्य हितमान शाक्यले अहिलेको मूल्य वृद्धि सामान्य नभएको बताउादै पेट्रोलियम पदार्थ लगायतमा गरिएको मूल्य वृद्धिले आम नेपाली सर्वसाधारण मर्कामा परेको बताए । नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष लोकनारायण सुवेदीले सरकारले अविलम्ब मूल्य वृद्धिको निर्णय खारेज गर्नुपर्ने माग गरे । यस्तै, युवा सङ्घ नेपालका महासचिव राजीव पहारीले राहत ल्याउने जनअपेक्षा विपरीत नवनिर्वाचित सरकारले मूल्य वृद्धि गरेर जनतालाई आहत तुल्याउने कार्य गरेको धारणा राखे ।