चैत्र ३, काठमार्डौ– पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध आन्दोलनमा विद्यार्थर्ी संगठन र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा दुवै पक्षबीच कुरा नमिलेपछि वार्ता सफल हुन नसककेको हो । सरकारले गठन गरेको वार्ता टोली र १७ विद्यार्थी संगठनका प्रतिनिधीहरुबीचको वार्तामा मूल्य बृद्धि फिर्ता लिन सरकार सहमत नभएपछि सहमति नबनेको विद्यार्थी संगठनहरुले जनाएका छन् । वार्तामा सहभागी अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले मूल्यबृद्धिबारे सरकारले विद्यार्थी संगठनलाई फकाउन मात्रै खोजेकोले आन्दोलन नरोकिने बताए ।