फागुन २९, बैतडी – बैतडीको एक सरकारी कार्यालय भित्रै कर्मचारीहरु धुमंपान सेवन गर्ने गरेको पाईएको छ । दशरथ चन्द नगरपालिका कार्यालय भित्रै कर्मचारीहरु धुम्रपान सेवन गर्ने गरेको पाईएको हो । नगरपालिकाको कार्यालय भवनको कुनाकुनामा चुरोटमा ठूटाहरु ठूलो मात्रामा भेटिने गरेका छन् । चुरोटका ठूटाहरु सेवाग्राहीले नभै कर्मचारीहरुले नै फालेको सेवाग्राहीको दाबी छ । सरकारले सार्वजनिक स्थानहरुमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाएको भएपनि बैतडीमा सरकारी कर्मचारीहरुबाट नै कार्यालयमा धुम्रमान सेवन भैरहेको छ ।