फागुन २८, काठमाडौं – काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले कुनैपनि राजनितीक दलको आडमा गरिने गुण्डागर्दी र अपराध आफूलाई मान्य नहुने बताएका छन् । जनतालाई शान्ती सुरक्षा दिने आफ्नो पहिलो कर्तब्य भएकाले त्यसमा कुनै कसुर बाँकी नराख्ने प्रष्ट पारे । आज काठमाडौंमा आयोजित नागरिक र प्रहरीबीचको अन्र्तकृयामा एसएसपी खरेलले अपराध नियन्त्रण गर्ने कुरामा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेमा जोड समेत दिए । कार्यक्रममा सहभागीहरुले शान्ति सुरक्षाको महसुश गर्न नसकेको गुनासो प्रति खरेलले त्यसमा आफु अझैं कटिबद्ध रहेर काम गर्ने प्रतिबद्धता ब्यतm गरेका थिए । साथै नजिकिदै गरेको होली पर्वलाई मर्यादित बनाउनु सबैको कर्तव्य भएको भन्दै उनले पर्वको नाममा हुदैं आएको विकृति रोक्नेतर्फ सबैको ध्यान जानु पर्ने औल्याए ।