पहिलो अभ्यास खेलमा नेपाल आयरल्याण्डसंग भिड्दैं

फागुन २८, काठमाडौं– टि ट्वाण्टी विश्वकप प्रतियोगिता खेल्न बङगलादेश पुगेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा आज आयरल्याण्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७ बजेपछि सुरु हुनेछ । टेष्ट मान्यता नपाएका देशमध्ये शिर्ष स्थानमा रहेको आयरल्याण्डसंगको अभ्यास खेल नेपाली टोलीको लागि महत्वपुर्ण रहेको प्रशिक्षक पुबुदु दशनायकले बताए । ट््वाण्टी ट्वाण्टी विश्कप प्रतियोगिताको पहिलो खेलमा नेपालले आईतवार हङकङको सामना गर्नेछ । पहिलो पटक ट््वाण्टी ट्वाण्टी विश्कप कृकेट खेलिरहेको नेपालले सहभागी हुनु अघि थुर्पै अभ्यास खेलको अनुभव बटिुरहेको छ ।