फागुन २८,काठमाडौं– सरकारले साझा सहमति सहितको नीति तथा कार्यक्रम तयार पारिसकेको भएपनि भोली मात्रै सार्बजनिक गर्ने भएको छ । सरकारमा सहभागी दुई दलको छलफलका आधारमा साझा निति तथा कार्यक्रम तयार भैसकेकाले त्यसमा आज केही सामान्य छलफल गरि भोली सार्बजनिक गरिने नेकपा एमालेले जनाएको छ । काङग्रेस र एमालेका नेताहरुवीच पटक पटक भएको छलफलका आधारमा निति तथा कार्यक्रम तयार गरिएको हो । सरकारको नीति तथा कार्यक्रममा संबिधान निमार्ण ,विकास निर्माण, आर्थिक र समाजिक कार्य, सरकारी काम छिटोछरितो गर्नेगरि अल्पकालीन र दीर्घकालीनरुपमा प्राथमिकता दिईएको छ ।