फागुन २७, काठमाडौं– संविधान कस्ले प्रमाणीकरण गर्ने भन्ने विषयमा दलहरुबिच चुलिएको विवाद सल्टाउन नियमावली मस्यौदा समितिको बैठक आज बसिरहेको छ । आज सबेरै नेपाली काङ्ग्रेस र नेकपा एमालेले छुट्टै छलफल गरि सहमति गरेपछि दिउसोबाट करिब १२ बजेदेखि मस्यौदा समितिको बैठक बसिरहेको छ । मस्यौदा तयारका लागि समितीलाई दोस्रो पटक दिएको १० दिनको म्याद आज सकने भएकाले जसरि पनि सहमती गरि अन्तिम रुप दिइने बताईएको छ । बिहान दुई दलले मोटामोटी सहमति गरेकाले आज साँझसम्म मस्यौदा तयार हुने संविधानसभाको नियमावली मस्यौदा समितिका संयोजक लक्ष्मणलाल कर्णले बताए । कांग्रेस र एमालेबिच संविधान प्रमाणीकरणको ठाउँमा प्रमाणीत शब्द राख्ने र राष्ट्रपति र संविधानसभा अध्यक्ष दुबैले हस्ताक्षर गर्नेगरि सहमतिको नजिक पुगेको ति दल निकट सोतले बताएको छ ।