फागुन २१, इलाम – इलाममा दुई समुहबिच गएराती झडप भएको छ । पूर्वी इलामको नामसालिङ–४ शुक्रवारेमा सामान्य विवाद हुँदा दुई पक्षवीच झडप हु“दा तीनजना घाइते भएका छन् भने पाँच घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । झडपमा परि घाइते हुनेमा नामसालिङ शुक्रवारे बजारकी रुपमिला प्रधान, विकास देवान र एक अर्का नाम नखुलेका ब्यतmी रहेका छन् । रुपमिला प्रधानको टाउकोमा चोट लागेको छ । घाइलेको जिल्ला अस्पताल इलाममा उपचार हुन नसकेपछि थप उपचारका लागि झापा लगिएको प्रहरीले जनाएको छ । झडपमा संलग्न रहेको भन्दैं प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।