फागुन २०, अछाम– अछाममा लोडसेडिङ कम गर्न सिएफएल चिम वितरण गर्न सुरु गरिएको छ । जिल्ला सदरमुकाम मंगलसैनका ग्राहकलाई सिएफएल चिम वितरण कार्य थालिएको हो । नेपाल विद्युत प्राधिकरणले अछाममा एक ग्राहकबाट मिटरका आधारमा बढिमा दुई ओटा साधारण चिमसँग दुई ओटा सिएफएल चिम दिने गरिएको विद्युत प्राधिकरण अछामले जनाएको छ । सदरमुकाम मंगलसैनसँगै तिखाडा, कालिका, जुपु, ओलीगाउँ, साँफे हाटबजार र एरर्पोट बजार, नवाठाना, मष्टामाण्डौ, बैद्यनाथ, बयलपाटा, रिडीकोट,चण्डिका, जयगढ, गाँज्रा गाविसमा समेत चिम वितरण गरिने प्राधिकरणको भनाई छ ।