फागुन १८,काठमाडौं– क्यान्सर रोगबाट पिडीत एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी ज्ञानु केसी अस्पताल भर्ना भएकी छन् । रोगले च्यापेपछि उनलाई गएराती चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो । लामो समयदेखि क्यान्सर रोगबाट ग्रस्त केसीलाई उपचारका लागि केही समय अगाडी भारत लगिएको थियो । त्यसअघि पनि उनलाई दिल्लीको नोयडामा लामो समय उपचार लागि राखिएको । केसीको स्वास्थ्यमा केही सुधार आइरहेको अस्तालले जनाएको छ ।