फागुन १८,काठमाडौं– प्रधानमन्त्री सुशीला कोइराला आज म्यानमार प्रस्थान गरेका छन् । तिन दिनसम्म म्यानमारमा चल्ने तेस्रो बिमस्टेक (वे अफ बंगाल इनिसिएटिभ फर मल्टिसेक्टर टेक्निकल एन्ड इकोनोमिक को–अपरेसन) सम्मेलनमा भाग लिन कोइराला १५ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै म्यानमार हुन् । बैठकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्यान्ड लगायतका राष्ट्र तथा सरकार प्रमुखहरुको सहभागिता हुनेछ । सम्मेलनले नयाँदिल्लीमा मौसम तथा जलवायु केन्द्रको स्थापना, बंगलादेशको ढाकामा बिमस्टेकको स्थायी सचिवालय र भुटानमा सांस्कृति केन्द्र स्थापना गर्ने कार्यका लागि सम्झौतामा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री कोइरालाले म्यानमार बसाईका क्रमामा प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसँग आगमी मंगलबार भेट्ने कार्यक्रम रहेको छ । त्यस्तैं कोइरालाले अन्य त्यहाका उच्च पदस्थ ब्यतmीहरुसंग पनि भेटबार्ता गर्ने जनाईएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि कोइरालाको यो पहिलो विदेश भ्रमण हो ।