फागुन १४, काडमान्डौं – मन्त्रालयका बिषयमा प्रधानमन्त्री र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच आज छलफल हुदैछ । मन्त्रिपरिषद बिस्तारका क्रममा आफुलाई पनि सम्मान जनकरुपमा दुईवटा मन्त्रालय दिनुपर्ने राप्रपाले राखेको मागका बिषयमा प्रधानमन्त्री सुशील कोइराला र राप्रपाका अध्यक्ष सुर्यबहादुर थापाबिच दिउसो छलफल हुने भएको हो । यसअघि कांग्रेस र एमालेबिच राप्रपालाई वाणिज्य तथा आपुर्ति मन्त्रालय दिने सहमती भएको थियो । तर राप्रपाले दुईवटा मन्त्रालयमा दाबी गर्दै हिजो मन्त्रीको नाम नपठाएपछि त्यसबारे आज छलफल हुन लागेको हो ।