फागुन १३, दार्चुला– सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएबाफत दिने प्रोत्साहन रकम दार्चुलाका सुत्केरीले पाएका छैन्न । जिल्लाको ग्वानी गाविसका तीन जना सुत्केरीले आफुहरु सो रकम पाउनबाट बञ्चित भएका बताएका छन् । ग्वानी ६ का देवकी साउँद, वडा नम्बर ७ का विस्ना रावल र वडा नम्बर ८ का बिस्ना रावलले आफुलाई कुनै पनि रकम नदिएको गुनासो गरेकी छन । सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माए बाफत हिमाली जिल्लामा १ हजार ५ सय रुपैयाँ दिदै आएको छ । तर विगत तीन महिनादेखि ग्वानी उपस्वास्थ्य चौकीमा महिलाहरुले बच्चा जन्माए पनि रकम नपाएको गुुनासो स्थानीयको रहेको छ ।