फागुन १३ , काठमाडौं – संविधानसभा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी एकीकृत नेकपा माओवादी नेत्री ओनसरी घर्ती निविर्रोध हुने भएकी छन् । संविधानसभा उपाध्यक्षमा अरु कुनै दलले उम्मेदवारी नदिने भएपछि घर्ती निविर्रोध हुने देखिएकी हुन । घर्तीले आज विहान संविधानसभाको सचिवालयमा उम्मेदवारी प्रस्ताव दर्ता गराएकी थिइन । घर्तीको प्रस्तावकमा एमाओवादीका नेता कृष्ण बहादुर महरा र समर्थकमा कांग्रेसका तर्फबाट आनन्दप्रसाद ढुंगाना रहेका छन् । संविधानसभाका उपसभामुखको चयनका लागि घर्तीले संसद सचिवालयमा दर्ता गराएको प्रस्ताव भोली बुधवार बस्ने संविधानसभाको बैठकमा प्रस्तुत हुनेछ । कांग्रेसले प्रधानमन्त्री र एमालेले सभाध्यक्ष पाएपछि संविधानसभा उपाध्यक्षमा भएपनि एमाओबादीले चित्त बुझाउनु पर्नेछ ।