फागुन ९, काठमन्डौं– मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न आज बिहान बसेको नेपाली कांगे्रस संसदीय बोर्डको बैठक अहिले पनि जारि छ । पार्टी कार्यालय सानेपामा जारि बैठकमा एमालेलाई गृहमन्त्रालय नैं दिएर या अन्य मन्त्रालय दिएर सहमती गरि छिटो भन्दा छिटो मन्त्रिमण्डल विस्तार गर्नेबारे नेताहरुबिच छलफल भैरहेको छ । बैठकले सरकारमा पार्टीबाट जाने मन्त्रीहरुको नामको टुंगो लगाउनेबारे समेत छलफल गरिरहेको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । कांग्रेस र एमालेबीच गृहमन्त्रालयका बिषयमा चर्को विवाद भैरहेकाले मन्त्रिमण्डल विस्तारमा ढिलाई भैरहेको छ । कांगे्रस सभापति सुशिल कोइराला प्रधानमन्त्री बनेको २ हप्ता हुनै लाग्दा समेत सरकारले पुर्णता पाउन सकिरहेको छैन ।