फागुन ८, काठमान्डौं– पार्टिको केन्द्रिय कमिटी बैठकबारे छलफल गर्न एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । यही फागुन १० गतेका लागि बोलाईएको केन्द्रिय कमिटीको बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे स्थायी कमिटीले छलफल गरि निर्णय गर्ने बताईएको छ । बिहान पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा काङ्ग्रेसबाट सरकारमा सहभागी हुन आइरहेको प्रस्तावाका विषयमा छलफल हुने स्थायी समिति सदस्य अमृतकुमार बोहराले जानकारी दिए । मन्त्रिपरिषद् विस्तार र काङ्ग्रेससँगको सत्ता गठबन्धनबारे समेत गम्भिर छलफल हुने बोहराको भनाई छ । गृह मन्त्रालयसहित सरकारमा सहभागिताका लागि उपाध्यक्ष वामदेव गौतमको विकल्प खोज्ने वा सरकारमा जाने नजाने भन्नेमा बिषयमा पनि बैठकले निर्णय गर्ने बताईएको । सम्मानजनक सहभागिता बिना सरकारमा नजाने अडान एमालेले राख्दै आएको छ ।