फागुन ८, काठमान्डौं– प्रधानमन्त्रीमा निर्वाचित भएको १० दिनपछि प्रधानमन्त्री सुशील कोइराला आज सरकारी निवास बालुवाटार सर्दै छन् । महाराजगन्जमा बस्दै आएका प्रधानमन्त्री कोइराला आजदेखि सरकारी निवास बालुवाटार सर्न लागेका हुन । मन्त्रिपरिषद् विस्तार गर्न बाकी छदै कोइराला सरकारी निवास सर्न लागेका छन । बिहान ११ बजेपछि बालवाटार सर्ने कार्यक्रम रहेको कोइरालाको निजी सचिवालयले जनाएको छ ।