फागुन ८, काडमान्डौं– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग सुपर सिक्समा आज मछिन्द्र र प्रहरी भिड्दैछन । त्रिरपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुने खेलमा दुवै टोली आ–आफ्नै जितका लागि मैदान उत्रदैछन । मनाङसँगको दुरी घटाउन दुवैलाई जितको आबश्यक रहेको छ । मच्छिन्द्र २५ अंकका साथ चौथो स्थानमा रहेको छ भने पुलिस २६ अंकसहित तेस्रोमा छ ।