रमा खड्का
अन्य प्राणी भन्दा मानव चेतनशिल मानिन्छ , किनकी उसले के राम्रो र के नराम्रो भन्ने छुटाउन सक्ने सामान्य क्षमता जन्मजात नै लिएर आउदछ । जब उ शारिरीक र बौद्धिकरुपमा बढ्दै जान्छ तब उसले आफु जस्तै मानव माथि किन फरक ब्यवहार गर्न थाल्छ, यो कस्तो मानविय सोचाईमा आउने परिर्बतन हो ? अझ उ शिक्षित भएपछि त यसले आफुलाई हुने फाईदा झन राम्ररी बुझेको हुन्छ, तर आफु जस्तै मानवप्रतीको ब्यवहार,सोचाइमा किन त्यती तल गिर्छ, यो उसले लिएको शिक्षा हो या उसको त्यो समाजले सिकाएको संस्कारको उपज हो ? बुझ्न कठिन छ । नेपाली समाज पितृसतात्मक सोंचबाट ग्रसित छ, यसमाा कुनै दुई मत छदैछैंन । तर तेही पुरातनवादी संस्कार र परम्पराले आज २१ शताव्दीसम्म आईपुग्दा पनि हामे समाजमा किन लाज मर्दा घटना घटिरहेका छन र, ति घटनामा पनि सबै भन्दा बढी निसाना महिला नैं हुने गरेका छन ? मानिस भएर यो धर्तिमा जन्म लिइसके पछि सबै एउटै हुन् भन्छन्, तर किन मानवले मानवलाई नै अमानविय व्यवहार गरिरहेका छन् । महिला पनि यो समाज र राष्ट्रको अभिन्न अंग हो भन्ने यो पुरुषवादी समाजले बुझन सकेको छैन ।
“ महिला र पुरुष एक रथका दुइ पाङ्ग्रा ” यो नारा सुन्दा निकै खुसी हुन्छन नेपाली महिलाहरु । यो नारा ,नारामा मात्र सिमीत छ भन्ने पनि थाहा छ ति महिलाहरुलाई । महिला बिनाको संसार कोरा सपना जस्तै हो भनि बुझेका महिलाहरुले आफ्नो अधिकार र आफुमाथि हुने अन्याय, ज्याजती बिरुद्ध आवाज उठाउदा त्यो अझै सम्बन्धित निकायबाट सुनुवाई हुन सकेको छैन । नेपालका केही शहर बजारमा महिला हक अधिकारलाई पुरुष दाजुभाइृले सम्मान गरेको देखिएला तर, ति गाउबस्तीका दुर दराजमा बस्ने अनपढ,गरिब पिछडिएका महिलाको अधिकारका लागि बोल्ने कोही छैन्न । उनीहरु माथि हुने घरेलु हिंसा अर्थात श्रीमान,सासु लगाएत परिवारका अन्य सदस्यहरुबाट हुने थिचोमिचो, भेदभाव , कुटपिट, त्यस्तै परिवार र समाजमा घट्ने यौन शोषण, यौन दुर्बव्यहार, बलात्कार जस्ता घटनाहरुको शिकार पनि दिन प्रतदिन महिलाहरु नैं भेरहेको पाईनछ । पछिल्लो समय महिला हिंसाका घटनाहरु बिभिन्न माध्यमबाट बाहिर आइरहेका छन तर ति घटनाका पिडीतहरुले न्याय नपाउदा घटना दोहरीने क्रम रोकिएको छैन् । यसको कारण घटना तत्काल प्रहरी प्रशासनसम्म नपुग्नु, महिलामाथि हुने कुनै पनि हिंसा अपराध हो भन्ने जानकारी ग्रामिण महिलाहरुमा नहुनु , घटना गाउघरमै मिलाईनु, महिला माथि हुने हिंसा रोक्न पुरुष दाजुभाई अग्रसर नहुनु, राजनितीक आवरणमा घटना सामान्य बनाईनु, प्रहरी प्रशासनमा महिला हिंसाका घटना हेर्ने जिम्मेवार महिला प्रशासकको कमी लगाएत यस्ता थुप्रै कारणले महिलामाथिको हिंसा अझै रोकिन सकेको छैन् । बिषेश गरि नेपाली समाज पुरातनवादी संस्कृती र धर्म भित्रको गलत सोच,ब्यवहारले पनि नेपाली महिला आफैमा पिडीत छन् । नेपालको अधिकांस क्षेत्रका महिलाहरु प्रकृतिले दिएको बरदान जस्तै : महिनावारी हुनु, सुत्केरी हुनु लाई पनि यो समाजले पाप ठानि घर बाहिर राख्नु, उसलाई पौष्टिक खानेकुरामा बन्देज लगाउनु, सरसफाईमा बेवास्ता गरिनुले पनि महिला निकै पिडीत छन् । अनि हिन्दु धार्मिक परम्परा अनुसार कतिपय बर्त (उपवास) हरु श्रीमानलाई भगवानका रुपमा महिलाहरुले मान्नु पनि महिलाहरुको गलत चिन्तन हो । किनभने यसरी महिलाहरुले आफनो जिवन साथिलाई भगवानका रुपमा मान्दै आएर पनि फेरि किन तिनै पुरुषहरु आफनी जिवन साथि प्रती दानविय रुपमा किन निस्की रहे त ? किनभने महिलाले गरेको त्यो पुरुषप्रतीको सम्मान उनीहरुले बुझेन्न, महिलाको तेही नम्रता, तेही उच्चताको सम्मानले आज तेही पुरुषले आफनै जिवन संगिनीलाई जिउदैं जलाएका घटना सुन्दा मन खिन्न भएर आउछ र, आफैलाई सराप्न मन लाग्छ ।
हाम्रो समाज महिलामाथि हुदै आएका डर लाग्दा घटनाहरु सुन्दा जो कसैको शरिर जिरिङग हुन्छ , शरिरमा पेट्रोल खन्याएर आगो जलाउने, उम्लिएको तातो पानी शरिरमा खनाइ दिने, संवेदनशिल अंग काट्ने,पोल्ने आदी आदी । समाज विकसित छ, समयको गति सागै मानिस आफ्नै शैलीमा परिवर्तन भैरहेको छन । देशमा ठुल ठुला विभेद न्यूनिकरणका अभियान चलिरहेका छन् । महिला अधिकार कर्मीद्धारा महिलाहरुको सुरक्षाका लागि आवज उठीरहेका छन् तै पनि महिलाहरुले आफ्नो बााच्न पाउने अधिकार पनि प्रयोग गर्न पाएका छैन् । किन सबै समान हुन् भनेर मुखले भाषण गरिरहेका छन्, तिनै पुरुष ठुल ठुला कार्यक्रममा, अनी मंचमा गएर हामी पनि लाग्छौ भनेर कुरा गरिरहेका छन् तर पनि पीडित महिलाले पाउने दुख र पीडाका बारेमा भने कसैले सांचो मुखले बोल्न सकिरहेका छैन् ।
कुनै घटना घटेपछि त्यति बेला सबै जुरर्मराउछन् ,तात्छन् , चर्का चर्का कुरा गर्छन, त्यस्को केही समय पछि ति महिला अधिकारकर्मी र मानवअधिकारकर्मी भनाउदा पनि सेलाउदै जान्छन् । हामीले महिला माथि भइरहेका विभेदको मुल कारण अझै केलाउन सकिराखेका छैनौं । महिलाहरु महिला भएकै कारण घर परिवार देखि लिएर समाजमा पनि थुपै समस्याका भोगि रहेका छन् ।
कतै छोरी पाएकै कारण महिलाहरु पिडित छन् , कतै साथीहरु साग हिडेका कारण र कतै श्रीमान्ले भनेको नमानेका कारण महिलाहरु पिडित छन् । आफुले चाहेको कुरा गर्न सकिरहेका छैन्, परिवार देखि समाजले बाध्य बनाएर नचाहेको कुरा गर्न दबाब दिइन्छ । छोरा मान्छेले जे गरे पनि इज्जत हुने, छोरीले कुनै चर्को स्वरमा बोले पनि इज्जत जाने यस्तो हाम्रो समाजको चिन्तनले कसरी महिला अगाडी बड्छन ?
जनसंख्याको आधारमा पनि पुरुषको तुलनामा महिला बढी नै छन् । तर महिलाहरु हरेक क्षेत्रमा पछाडी छन् । महिलाको नाममा केही जान्नेसुन्ने ठुला घरघरानाका जहुचवाला अवसरवादी महिलाहरुले राज्यबाट पाईने सेवा सुविधा लिईरहेका छन । दुर दराजका महिलाहरुको जिवन जस्ताको त्यस्तै छ । ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ । केन्द्रमा बसेर महिला अधिकार र महिला हिंसा बिरुद्धका आवाज जति उठाइने गरिन्छ, देशका ति बिकट गाउा बस्तीसम्म पनि ति बुलन्द आवाज पुग्नु जरुरी छ । त्यहाका अशिक्षीत, पिछडिएका, अनि गरिब महिलाहरुलाई पनि केन्द्रमा बसेका महिलाहरुले संगै हातेमालो गरेर अगाडी बढाउनु आजो आवश्यकता हो । महिला हिंसा र महिला माथि हुने विभेद न्युनिकरणका लागि अहिले जति पनि सरकारी तथा गैरसरकारी निकायहरु क्रियाशिल छन् तिनीहरुले केहि हदसम्म ग्रामिणस्तरमा जनचेतना पुऱ्याएका छन, तर तेही नै उपलब्धी होइन् । ग्रामिण महिलाहरु पहिले भन्दा अहिले जनचेतनाको स्तरमा केही माथि उठेको कुरा हामीले पनि नकार्न सकिन्न । हुन त गाउा बस्तीमा पनि महिलाको मुद्धा अहिले नउठेको पनि होइन्न । महिला अधिकार, शिक्षा, सहभागिता, समान अवसर, समान कामको समान ज्याला लगाएतका धेरै मुद्धाहरुको बारेमा वकालत भइरहेका छन् । यी बसै कुरा जति ब्यवहारिक हुनु पर्ने थियो त्यो तेती भएको देखिदैन , ति काम र अवसरका लागि संचालित बिभिन्न एनजिओ तथा आइएनजिओहरुले खाली प्रोजेक्टको रुपमा काम गरेको जनगुनासो पनि सुनिने गरिन्छ । कुनै संस्थाले महिला अधिकारका क्षेत्रमा काम गर्छु भनेर रकम लिएर गााउमा कार्यक्रम संचालन गरे जस्तै केही काम देखाएर पैसा असुल्ने काम पनि नगरेका होइन् । तर आम नेपाली महिलाहरुले चाहेको परिर्बतन , यथाृतमा यस्तो होइन यी त सब भन्ने कुरा न हुन जस्तै भएका छन् । अब समग्र नेपाली महिलाको उथ्थानका लागि सर्बप्रथम राज्य र सम्पुर्ण आम सचेत नागरिक एक जुट भएर नेपाली महिला समग्र विकासका लागि छलाङ् मार्नु जरुरी छ । ति गााउ बस्तीमा रहेका महिला दिदी बैनीहरुको अधिकारका लागि सबैले गहिरिएर सोच्नु पर्ने बेला आएको छ ।