फागुन ७, काठमाडौं– हिजो संविधानसभा अध्यक्षका लागि निविरोध निर्वाचित भएका सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले आज पद तथा गोपनियताको सपथ खाँदैछन् । संविधानसभाबाट सभाध्यक्षमा नवनिर्वाचित नेम्वाङले राष्ट्रपति कार्यालयमा आज दिउसो २ बजेपछि सपथ खाने कार्यक्रम रहेको नेकपा एमालेले जनाएको छ । सभाध्यक्षका लागि एमालेबाट नेम्वाङ बाहेक अरुको उम्मेदवारी नपरेपछि उहा निरबिरोध निर्वाचित भएका हुन । नेम्बाङलाई सभाध्यक्ष बनाउन एमाले र कांग्रेसबिच सहमती भएको थियो । नेम्वाङलाई समर्थन नगरेका एकिकृत माओवादी र राप्रपा नेपाललगायतका दलले हिजो समर्थन गरेपछि नेम्वाङ सर्बसम्मतबाट दोस्रो पटक सभाध्यक्ष हुन सफल भएका हुन ।