फागुन ६, काठमाडौं– आगामी चैत ६ गते देखि सुरु हुने यसबर्षको एसएलसी (प्रवेशिका) परिक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले देशभर एक हजार ८ सय ३६ वटा परीक्षा केन्द्र कायम गरिएको जनाएको छ । गतवर्र्ष एक हजार ७८६ परीक्षा केन्द्र निर्धारण गरिएकामा यसवर्ष देशभरबाट होम सेन्टर हटाएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसएलसी परीक्षाको प्रश्नपत्र छपाइ कार्य सकेर उपत्यका बाहेकका जिल्लाहरुमा प्रश्नपत्र पठाइ सकिएको छ । चैत ६ गतेदेखि सुरु भई चैत १४ गतेसम्म संचालन हुने परीक्षामा देशभरबाट पाच लाख ६६ हजार परीक्षार्थी सहभागी हुदैछन् ।