फागुन २, काठमान्ठौं– नेपालमै पहिलोपटक गोरखामा मनकामना केबुलकार सञ्चालनमा ल्याएका व्यवसायी लक्ष्मणबाबु श्रेष्ठको ७६ बर्षको उमेरमा निधन भएको छ । भारतको दिल्लीस्थित मेदान्त हस्पिटलमा श्रेष्ठको उपचारको क्रममा निधन भएको हो । उहा लामो समयदेखि मधुमेह तथा मृगौला रोगबाट पीडित थिए । उनको शबलाई आज नेपाल ल्याइने परिवारजनले बताएका छन । श्रेष्ठका ३ छोरा र एक छोरी छन् ।