फागुन २, काठमान्ठौं– अनसनमा रहेका त्रिवि शिक्षण अस्पतालका डा. गोबिन्द केसी र सरकारी प्रतिनिधी बिच आज वार्ता हुदैछ । केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोलीले आज उहासँग वार्ता गर्न लागेको हो । चिकित्साशास्त्र अध्ययन संस्थानमा राजनीतिक हस्तक्षेप बन्द गरिनु पर्ने लगायतका विभिन्न माग राख्दै डा. केसीले दोस्रो पटक अनसनरमा बसेका छन् । केसीको मुख्य माग अनुरुप त्रिभुवन विश्वविद्यालयले संस्थानमा डिन नियुक्ती गरे पनि त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने लगायतका आफ्ना माग पनि जायज रहेको भन्दै केसी पुनह अनसनरत बस्नु भएको हो । स्रोतका अनुसारका सरकारी प्रतिनिधीहरु केसीको मागका सम्बन्धमा हदैसम्मको लचकता अपनाउन प्रतिबद्ध रहेको बताइएको छ । केहिबेरपछि हुने वार्तामा सरकारले आफ्नो प्रतिबद्धता प्रस्तुत गर्ने तयारी रहेको छ । सरकारसंग आज सहमती भए डा. केसीले आजै अनसन तोड्नु हुने केसी निकट स्रोतले बताएको छ ।