फागुन १, काठमाडौं – ईन्टरनेट प्रयोगकर्ताका लागि नेपाल टेलिकमले खुसीको खबर ल्याएको छ । राजधानीका २२ वटा सार्वजनिक स्थानमा टेलिकमले निःशुल्क वाईफाई सेवा उपलब्ध गराई आफ्ना ग्रहकहरुलाई नयाँ सुबिधा उपलब्ध गराएको हो । राजधानीको धरहरा क्षेत्र, गोंगबु बसपार्क, लाजिम्पाट चोक, कोपुण्डोल, सितापाइला चोक, नयां बानेश्वर चोक, एक्मी इन्जिनियरिङ कलेज आसपासका स्थानमा टेलिकमले वाईफाई सेवा निःशुल्क उपलब्ध गराएको छ । त्यस्तैं भृकुटीमण्डप, नरसिङ चोक ठमेल, वीर अस्पताल , गंगालाल हस्पिटल, टिचिङ हस्पिटल, कालिमाटी काठमाडौं लगाएतका स्थलमा निःशुल्क वाईफाई इन्टरनेट चलाउन पाइने टेलिकमले जनाएको छ । आफ्नो १० औ बाषिर्क उत्सबको अबसर पारेर राजधानीका २२ स्थानमा निशुल्क वाई फाई सेवा उपलब्ध गराएको हो । पछिल्लो समय टेलिकमले ५ सय भन्दा बढी सार्वजनिक स्थानहरुमा वाईफाई हटस्पट जोन बनाउन लागिरहेको छ ।