फागुन १ , काठमाडौं – फिफाको बरियताक्रममा नेपाल तीन स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको बरियतामा नेपाल तीन स्थान माथि उक्लिएको हो । १ सय ७२ औँ स्थानबाट फड्को मार्दै नेपाल एक सय ६९ औँ स्थानमा उक्लिएको छ । फिफा बरियतामा स्पेन एक नम्बरमा रहदा छ भने जर्मनी दोस्रो , अर्जेन्टिना तेस्रो र पोर्चुगल चौथो स्थानमा उक्लिएको छ । सन् २०१४ को विश्वकप आयोजक राष्ट्र ब्राजिल भने नबौं स्थानमा छ । दक्षिण एसियामा अग्रस्थानमा रहेको अफगानिस्तान भने एक सय ३८ औ स्थानमा रहेको फिफाको पछिल्लो बरियताक्रमले देखाएको छ । यसैगरी भारत एक सय ५४ औँ स्थानमा छ भने माल्दिम्स १ सय ६३, बंगलादेश १ सय ६४ र पाकिस्तान १ सय ५४ औँ स्थानमा रहेका छन् । नेपालपछि रहेको श्रलंका १७१ औ स्थानमा छ भने भुटान २०७ औ स्थानमा यथावत छ ।