त्रिवि कार्यकारी परिषद्को वैठक वुधवार बस्ने भएको छ । चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानमा डिन नियुक्त गर्नका लागि वुधवार बैठक बोलाइएपनि समय भने तय नभएको उप कुलपति डा. हिराबहादुर महर्जनले जानकारी दिनुभयो । गएराति प्रधानमन्त्री तथा कुलपति सुशिल कोइरालाले पठाएको पत्र पाएको जानकारी दिादै सोही अनुसार आज परिषद वैठक बसेर नयाा डिन नियुक्त गर्ने तयारी गरेको बताउनुभयो । आफुहरु डिन नियुक्त गर्नका लागि तयार भएपनि डिन सिफारिस गर्न बनेको समितिकै विवादका कारण प्रक्रिया लम्बिएको दावी गर्नुभयो । चिकित्सक गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान आइओएममा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने माग गर्दै आमरण अनसनमा बसेपछि शिक्षण अस्पताल महाराजगञ्जमा विरामीहरु समेत अलपत्र परेका छन् । डा. केसीको मागप्रति समर्थन जनाउादै त्रिविका सम्पुर्ण चिकित्सकहरुले सामूहिक राजीनामा दिदा आकस्मीक बाहेकका सवै सेवा अहिले ठप्प छन् । प्रधानमन्त्री कोइरालाले पदभार ग्रहण गरे लगत्तै शिक्षण अस्पतालमा देखिएको विवाद् २४ घन्टा भित्र समाधान गर्न त्रिवि पदाधिकारीलाई निर्देशन दिनुभएको थियो । उहााले बरिष्ठताको आधारमा डिन नियुक्त गर्नपनि निर्देशन दिनुभएको छ ।