२७ माघ, सोलुखुम्बु –सोलुखुम्बु जिल्लाका अधिकांश गाविसहरु सचिवबिहीन भएका छन् । गाविसका सचिवहरु गाउ परिषद सकेलगत्तै घर बिदा तथा प्रशुति बिदा लिएर जिल्ला बाहिर गएपछि सोलुखुम्बुका अधिकांश गाविस सचिवबिहीन बनेका हुन् । ३४ गाविस रहेको सोलुखुम्बुमा नेचाबेतघारी, जुभिङ, बासा, जुबु, गुदेल, बेनी, टाप्टिङ, गोरा, टाक्सिन्दु, सल्लेरी, वाकु, काकु, पावै, लोखिम, नेले, कागेल लगायतका गाविसका सचिव जिल्ला बाहिर रहेकाले १६ गाविसको जिम्मेवारी नेचाबतासे गाविसका सचिव खेमराज खतिवडाले सम्हालेका छन् ।