माघ २६, काठमाडौं– यही माघ २८ देखि थाइल्यान्डमा आयोजना हुन लागेको एसीसी महिला प्रिमियर लिग क्रिकेटमा सहभागी हुन नेपाली महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । कप्तान रुबीना क्षेत्रीको नेतृत्वमा १४ खेलाडीको टोली आज दिउसो २ बजे थाइल्यान्डतर्फ प्रस्थान गरेको हो । प्रतियोगितामा ६ राष्ट्र सम्मिलित हुनेछन । नेपालले आयोजक थाइल्यान्डका साथै इरान, चीन, भुटान र हङकङसाग प्रतिस्पर्दा गर्नेछ । नेपालले आगमी मंगलबार पहिलो खेल इरानसाग खेल्ने छ । दोस्रो खेल आयोजक थाइल्यान्डसाग, तेस्रो खेल शुक्रबार भुटानसाग, चौथो खेल आगामी आइतवार चिन साग तथा अन्तीम खेल फागुन ५ गते हङकङसाग खेल्ने छ । प्रतियोगिता आगामी माघ २८ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने भएको छ ।