असोज ११, काठमान्डौ– ३४ औा विश्व पर्यटन दिवस, आज नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ । पर्यटन र पानी: साझा भविष्याका लागि सुरक्षित भन्ने नाराका साथ मनाइने दिवसका अवसरमा नेपालमा पर्यटनसाग सम्बन्धित ४१ वटा संघ संस्थाहरुले सताव्यापी रुपमा पर्यटन प्रवद्र्धनबारे गोष्ठी, बाल क्लाइम्बिङ, साइक्लिङ लगयातका विविध कायृक्रमको आयोजना गरीरहेका छन् । पर्यटको राम्रो सम्भावना रहेको नेपालमा यस दिवसका अवसरमा नेपाललाई पर्यटन क्षेत्रका रुपमा विश्वका माझ चिनाउने प्रयासस्वरुप पनि विभिन्न कार्यक्रमको आयोजना गरिदैछ । विश्वव्यापी रुपमा जलवायु परिवर्तन र तापक्रम वृद्धिले पानीको सङक भइरहेको, यसले वातावरणमा समेत नकरात्मक असर पर्दै गइरहेको अवस्थामा यस बर्षको दिवसमा जलस्रोतको अधिकतम सदुपयोग र सञ्चय गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।