३ पटक मदन पुरस्कार जित्ने एकमात्र विजेता : सत्यमोहन जोशी

सत्यमोहन जोशीको जन्म वि.सं. १९७७ बैशाख ३० गते भएको हो । उनी नेपालका पाका संस्कृतिविद् हुन्। उनले वि.सं. २०१३,२०१७,  २०२८ मदन पुरस्कार पाएका छन्। उक्त पुरस्कार ३ पटक पाउने उनी एक मात्र व्यक्ति हुन्। हाम्रो लोकसंस्कृति का लागि पहिलोपटक गद्य तर्फ मदन पुरस्कारद्वारा सम्मानित जोशी  बाबु  शंकरराज र आमा राजकुमारी नोगलदेवीका सुपुत्र हुन् ।  उनले पहिलोपटक विसं २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि.सं. २०१७ सालमा र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक पनि विसं २०२८ सालमा मदन पुरस्कार प्राप्त गरे डा सत्यमोहन जोशी नेपालका संस्कृतिविद हुन।

पिता शंकर जोशी र माता राजकुमारीको जोशीका जेठा छोरा हुन्। सत्य मोहन जोशी साहित्यकार पनि हुन्। उनले त्रिचन्द्र कलेजबाट बिएसम्म अध्ययन गरेका छन्। उनले वि.सं २०१३ सालमा लोक संस्कृतिमा मदन पुरस्कार प्राप्त गरेका थिए। जोशी वि.सं. २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक थिए। वि.सं. २०१६ सालमा पाँचौ शताब्दीदेखि बिसौ शताब्दीसम्मको मुद्राको विस्तृत विवरण सहितको नेपाली मुद्रा नामक पुस्तक प्रकाशित गरे। जसबाट जोशीले दोस्रो पटक मदन पुरस्कार हात पारे।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ।

सत्यमोहन जोशी
सत्यमोहन जोशी

जन्म१९२०
बखुम्बहाल, ललितपुरपेशालेखन, इतिहास तथा संस्कृतिविद्भाषानेपाली, नेपाल भाषाराष्ट्रियतानेपालीनागरिकतानेपालीशिक्षाबि एप्रारम्भिक शिक्षालयदरवार हाइस्कूल, त्रिचन्द्र क्याम्पसउल्लेखनीय सम्मानहरूमदन पुरस्कार, सुप्रबल गोर्खा दक्षिणबाहु, त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्रदीप