महाअभियोग प्रस्तावबारे एमालेलाई लगयो कांग्रेसले गम्भिर आरोप

 

 
कात्तिक ६, काठमाडौं –  कांग्रेसमा लोकमान सिह कार्की महाअभियोग प्रक्ररण एमालेको अहंकार भएको भन्दै निर्णय लिदा सबै पक्ष हेरेर अघि बढ्नु पर्ने धारणा आएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश सदस्यले कार्की आफैमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि उपयुक्त नभएको धारणा राख्दै एमाले र माओवादी केन्द्रले कांग्रेससँग सल्लाहनै नगरी अविश्वास प्रस्ताव दर्ता गर्नु गम्भीर भएको धारणा राखे ।

बैठकमा सुरुमा बोल्दै केन्द्रीय सदस्य शेखर कोइरालाले लोकमानसिह कार्कीको अख्तियारमा नियुक्तिकै बेलामा आफूले विरोध गरेको तर त्यतिबेला आफ्नो कुरा सनुवाई नभएको भन्दै अहिले एमालेले संवैधानिक संकट निम्त्याउने गरी दर्ता गरेको अविश्वासको प्रस्ताव समर्थन गर्न नहुने धारणा राखे ।

‘मलै सुरुमा पनि लोकमानलाई अख्तियारमा नियुक्ति गर्न हुदैन भनेको हो, त्यतिवेला मेरो कुरा कसैले सुनेन’ कोइरालाले बैठकमा भने, ‘म व्यक्तिगत रुपमा पनि लोकमानलाई र उसको कार्यशैलीलाई मनपराउदिन तर अहिले आएको अविश्वास प्रस्ताव संवैधानिक संकट ल्याउनका निम्ती भएकाले आवेगमा आएर हामी पक्षमा जानु हुदैन ।’

बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेलले महाअभियोगको पक्षमा जान नकसे झन त्यसले संवैधानिक संकट ल्याउने र सहमतिका आधारमा अघि बढ्ने दलीय वातावरण खलवलिने भन्दै महाअभियोगको पक्षमा कांग्रेस उभिनु पर्ने धारणा राखे ।

‘हामी महाअभियोगको पक्षमा भयौ भने संविधान कार्यन्वयन गराउन दलहरुबीच सहमतिको वातावरण बन्छ’ पौडेलले भने, ‘नत्र एमाले र माओवादी केन्द्रसँग कांग्रेसको भेटनै हुदैन, त्यसले झनै संकट निम्त्याउने भएकाले राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर प्रस्तावको पक्षमा निर्णय गर्नुपर्छ ।’