साउदी अरेबियाका राजकुमारलाई फाँसीको सजाय

एजेन्सी – साउदी अरेबियाका एक राजकुमारलाई हत्या आरोपमा दोषी ठहर गर्दै फाँसीको सजाय दिइएको छ ।

तीन वर्ष पहिले राजधानी रियादमा राजकुमार टुर्की बिन साउद अल–काबिरले एक व्यक्तिको हत्या गरेको आरोपमा फाँसी दिइएको बताएको छ।
यस्तै साउदी गृह मन्त्रालयका अनुसार राजकुमारले आफनो साथीको हत्या गरेको भनेर स्विकारेको जनाएको छ ।
मृत्युदण्डको सजायको घोषणा गर्दै प्रत्येक नागरिकले न्याय पाउने भन्दै यस निर्णयले सरकारको न्याय र सुरक्षा प्रति सरकार प्रतिबद्ध साउदी गृहमन्त्रालयले जनाएको छ।
राजकुमार अल–काबिर यो वर्ष फाँसीको सजाय पाउने एक सय ३४ औं व्यक्ति रहेको समाचार संस्था एएफपीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।