भेंडाच्याङ्ग्रा खाद्य संस्थानको भन्दा महँगोमा बिक्री

 

असोज  १८, भक्तपुर – दशैंका लागि मुस्ताङबाट ल्याइएका भेंडाच्याङ्ग्रा नेपाल खाद्य संस्थानको भन्दा महँगोमा बिक्री हुन थालेको छ ।

यस वर्ष यहाँ ल्याइपु¥याइएको च्याङ्ग्रा प्रतिकिलो रु ७०० र भेंडा प्रतिकिलो रु ५५० देखि रु६०० सम्ममा बिक्री भइरहेको छ । खाद्य संस्थानले च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ६५० निर्धारण गरेको छ ।

मुस्ताङमै भेंडाच्याङ्ग्रा महँगो भएकाले यस वर्ष मूल्य बढेको व्यापारी श्यामभक्त श्रेष्ठले बताए  । मुस्ताङमा च्याङ्ग्राको मूल्य रु १८ हजार तिर्नुपरेको उनको भनाइ छ । जिल्लामा आजसम्ममा दुई हजार भेंडाच्याङ्ग्रा ल्याइएको छ । गत वर्ष च्याङ्ग्रा प्रतिकिलो रु ६५० मा तथा भेंडा रु ६०० मा बिक्री गरिएको बताइएको छ ।