१२ लाख २५ हजार घुससहित मालपोत कार्यालयका सुब्बा पक्राउ

असोज १७, महोत्तरी – मालपोल कार्यालय सर्लाहीका सुब्बा राम नरेश राईलाई १२ लाख २५ हजार घुँससहित प्रहरीले रंगेहात पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा बर्दिबासबाट गएको अख्तियार दुरूपयोग कार्यालयका कर्मचारीले राईलाई मलंगवा नगरपालिका १० जिविस चौकस्थित आफ्नै घरबाट उक्त रकम घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

महत्तरीका अख्तिया दुरूपयोग नियन्त्रण आयोगका राजकुमार लम्सालका अनुसार राईले घर जग्गा दर्ता गराए वापत १४ जनाबाट उक्त रकम घुस लिएका थिए।